काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चार मन्त्री तथा कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिएका हुन्।
यसको विपरीत केही आरोपितहरूलाई दोषी ठहर गरेको छ। अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो। उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिवाना ठहर गरेको छ।
विशेष अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिवाना मात्रै दाबी गरेको हो। अदालतले झालाई थप ६ महिना कैद सजाय सुनाएको छ।




















प्रतिक्रिया