काठमाडौं। सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गर्नुभएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अनुसन्धान अघि नबढाउन अन्तरिम आदेश गरेको हो।
अदालतले आज सार्वजनिक आएको लिखित पाठमा भनिएको छ, ‘प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट भएको अन्तिम आदेश विपरीत हुने गरी निवेदकविरुद्ध कुनै कारबाही नगर्नु, नगराउनु।’
व्यवसायी सुमार्गीले आफूमाथि धेरै पटक अनुसन्धान भइरहेको उल्लेख भन्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो। दुई साताअघि सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो।




















प्रतिक्रिया