काठमाडौं। सरकारी सञ्चार माध्यममा मात्रै सरकारी विज्ञापन प्रदान गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले आगामी मंगलबार आफ्नो निर्णय सुनाउने भएको छ।
न्यायाधीशहरू सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले ३० असारका लागि निर्णय सुनाउने मिति निर्धारण गरेको हो। सरकारको निर्णय गैरसंवैधानिक र गैरकानुनी भएको भन्दै नेपाल मिडिया सोसाइटीले सर्वोच्चमा रिट दायर गरेको थियो।
कानुन व्यवसायीहरूले बहसमा निजी सञ्चार माध्यमहरूको अस्तित्व नामेट पार्न सरकारले विज्ञापन कटौतीको नीति लिएको आरोप छ। गत चैत १८ गते सरकारले नीजि सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको थियो।




















प्रतिक्रिया