काठमाडौं। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आन्तरिक कार्यविधि पारित गरेको छ।
समितिको आजको बैठकले परिमार्जनसहित उक्त कार्यविधि पारित गरेको सचिव एकराम गिरीले जानकारी दिए।
बैठकमा समितिअन्तर्गत विभिन्न उपसमिति गठनसम्बन्धमा पनि छलफल भएको थियो। समितिको कामकारबाहीमा सहजीकरणका लागि पाँच उपसमिति गठनको प्रस्ताव गरिएको छ।
प्रस्तावित उपसमितिका सम्बन्धमा सबै दलको प्रतिनिधित्व रहेको कार्य परामर्श उपसमितिमा थप छलफल गरी टुंगोमा पुग्ने सहमति भएको छ।




















प्रतिक्रिया