काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा ६ किलो सुनसहित पक्राउ परेका बलराम प्रसाद गुप्ताबाट बरामद भएको ७३ लाख ३० हजार ५ सय रुपैयाँ जफत गर्ने फैसला सुनाएको छ ।
विशेष अदालतका न्यायाधीशहरू मंगलबार हेमन्त रावल, डिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त नगद रकमको स्रोत नखुलेकाले जफत हुने फैसला गरेको हो ।
बलराम प्रसाद गुप्ताको साथबाट ६ किलो सुन र ७३ लाख ३० हजार ५ सय रुपैयाँ नगद बरामद भएको थियो । सुनको हकमा यसअघि नै ‘सुन चोरी निकासी पैठारी’ मुद्दामा उनी दोषी ठहर भइसकेका थिए ।
सोही आधारमा सरकारले उक्त नगद पनि अवैध सुनकै कारोबारबाट आर्जित भएको दाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।




















प्रतिक्रिया