Logo

अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यससँगै प्रतितोला सुन २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यता, आज चाँदी तोलामा तोलामा ५५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो चाँदी ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २४ असार २०८३, बुधबार ११:४४   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।