प्रधानमन्त्री केपी ओली ताप्लेजुङको घुन्सा पुगेका छन्। घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न हेलिकोप्टर चढेर उनी त्यहाँ पुगेका हुन्। उक्त फाउन्डेसनले देशविदेशबाट रकम संकलन गरेर भवन निर्माण गरेको हो।
घुन्सा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले स्वागत गरेका छन्। घुन्सा कञ्चनजंघा हिमालको काखमा अवस्थित बस्ती हो। घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ। उनले त्यहाँ सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्नेछन्। यसअघि कात्तिक २६ मा ओली बीओपीको निरीक्षण गर्न संखुवासभा पुगेका थिए।





















प्रतिक्रिया