Logo

समाचार

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ



काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- १ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९० हजारसहित दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरीकक्षका अनुसार नगरपालिका- ७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो ।

दुनैबाट छलतर्फ मोटरसाइकलमा गइरहेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार ०८:०५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।