Logo

अर्थ

आजबाट बढ्यो सेयर र घरजग्गा कारोबारमा पुँजीगत लाभकर



काठमाडौं । सेयर र घरजग्गा कारोबारबाट हुने नाफामा लाग्दै आएको पुँजीगत लाभकर आजदेखि बढेको छ ।  आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनमा उल्लेख भए बमोजिम आजदेखि यस्तो लाभमा कर बढ्न लागेको हो ।

अब सेयर कारोबारमा १० प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । यसअघि पुँजीगत लाभकर ७.५ प्रतिशत र ५ प्रतिशत थियो।

अब सेयर किनेर एक वर्ष होल्ड गरेर बेच्नेले ७.५ प्रतिशत र सेयर किनेर एक वर्षभित्रै बेच्नेले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ ।

सरकारले बजेटमार्फत सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर २.५ प्रतिशत बिन्दुले बढाएको हो । यो नै अन्तिम हुने घोषणा बजेटमा गरिएको छ ।

यसैगरी घरजग्गाको स्वामित्व ५ वर्ष वा सोभन्दा बढी कायम भएको सम्पत्ति बिक्रीबाट कमाएको नाफाबाट ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था बजेटमार्फत गरिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा यस्तो पुँजीगत लाभकर ५ प्रतिशत थियो ।

बजेटमार्फत ५ वर्षभन्दा कमको स्वामित्व भएको घरजग्गा कारोबारमा पुँजीगत लाभकर बढाएर १० प्रतिशत पुर्याइएको छ। यसअघि ७.५ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार १०:१६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।