काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ७९.७४ अंकले बढेर २,६७७ को विन्दुमा कायम भएको छ ।
आज २५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस संस्थाका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया