Logo

समाचार

मुग्लिन-नारायणगढ सडक खण्डमा दुई बस ठोक्किँदा पुन: सडक अवरुद्ध



काठमाडौं। चितवनको मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत जलवीरेनजिकै दुई वटा बस आपसमा ठोकिँदा सडक अवरुद्ध बनेको छ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार ठोक्किएका बसहरुलाई हटाउने काम भइरहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन्।

वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो।

सडक खुला भएलगत्तै सवारी साधनहरुले लेन मिच्दा दुर्घटना तथा लामोसम्म जाम हुने गरेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आईतवार ०८:१३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।