Logo

समाचार

२४ घण्टामा ५८ विपद्का घटना, तीन जनाको मृत्यु



काठमाडौं — पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका ५८ वटा विपद्का घटना भएका छन्। ती घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण करिब २९ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। यस अवधिमा विभिन्न स्थानमा छ वटा सडकसमेत अवरुद्ध भएका छन्।

प्राधिकरणको विवरणअनुसार सबैभन्दा धेरै पहिरोका घटना भएका छन्। पछिल्लो २४ घण्टामा २३ वटा पहिरोका घटना दर्ता भएका छन्। यस्तै, आगलागीका १४, बाढीका पाँच, चट्याङ, हावाहुरी र जनावरसँग सम्बन्धित एक–एक घटना भएका छन्।

विपद्का यी घटनाबाट देशका ४५ जिल्ला प्रभावित भएका छन्। बाढीका घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य घटनाबाट थप एक जनाले ज्यान गुमाएका छन्। घाइतेमध्ये अधिकांश आगलागी तथा जनावरसँग सम्बन्धित घटनाका रहेको प्राधिकरणले जनाएको छ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो लगायतका विपद्का घटना बढिरहेका छन्। प्राधिकरणले नदी किनार, पहिरोको उच्च जोखिम भएका बस्ती तथा सडक क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आईतवार १५:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।