Logo

समाचार

टेकुमा गोली चल्यो, एक जना घाइते



काठमाडौँ । राजधानीको टेकु क्षेत्रमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण कारबाहीका क्रममा प्रहरीले गोली चलाएको छ। घटना काठमाडौं महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिक भएको हो।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको टोलीमाथि आक्रमणको प्रयास भएपछि प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको थियो। गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्।
घटनापछि प्रहरीले घाइतेसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ। घाइतेको उपचार भइरहेको र पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको ब्यूरोका अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित मिति : ३ श्रावण २०८३, आईतवार १६:४९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।