Logo

अर्थ

प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ सार्वजनिक, कति पर्छ मूल्य?



काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभीमा नयाँ मोडल प्रोटोन इमास ५ नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले यो गाडी दुई भेरियन्टमा ल्याएको छ ।

यसको बेस भेरियन्टको मूल्य २९ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ३४ लाख ९९ हजार निर्धारण गरिएको छ । यो मूल्य पहिलो १०० जना ग्राहकको लागि मात्र लागु हुनेछ ।

नयाँ इमास ५ आकर्षक डिजाइन, आधुनिक प्रविधि तथा दैनिक प्रयोगका लागि उपयुक्त इलेक्ट्रिक एसयूभीका रूपमा बजारमा आएको कम्पनीले जनाएको छ ।

यसमा स्मार्ट कनेक्टिभिटी, एड्भान्स्ड सेफ्टी फिचर, डिजिटल इन्स्टुमेन्ट क्लस्टर तथा आधुनिक इन्फोटेनमेन्ट सिस्टम जस्ता सुविधाहरू समावेश छ ।

नेपालमा पछिल्लो समय किफायती मूल्यका इलेक्ट्रिक गाडीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला इमास ५ ले मध्यम मूल्य वर्गको इभी बजारमा प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार २९.९९ लाख र ३४.९९ लाख मूल्यमा उपलब्ध दुई भेरियन्टले फरक-फरक ग्राहक समूहलाई लक्षित गर्नेछन् । काठमाडौँको सोल्टी होटलमा आयोजना गरी कम्पनीले सो गाडीको आधिकारिक बुकिङ खुला भएको जानकारी गराएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलवार १३:३१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।