Logo

समाज

गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई जना पक्राउ



चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र एकसिङ्गे गैँडा मार्ने उद्देश्यले प्रवेश गरेको आशंकामा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मध्यविन्दु–१ का ६८ वर्षीय खड्गनारायण चौधरी र चितवन इच्छाकामना–५ का ५२ वर्षीय टेकबहादुर मगर रहेका छन्। उनीहरूलाई मध्यविन्दु–३ ब्रह्मस्थानघाटबाट पक्राउ गरिएको निकुञ्जले जनाएको छ।

उनीहरूको साथबाट एक थान भरुवा बन्दुक र गोली बरामद भएको छ। चौधरीको घरमा गरिएको खानतलासीका क्रममा बाघको दाँतजस्तो देखिने सात थान आखेटोपहार, एक थान माउजर बन्दुक, गोली तथा भारतीय ५०० दरका १३६ थान नोट समेत फेला परेको निकुञ्जले जनाएको छ।

दुवैविरुद्ध संरक्षित वन्यजन्तु आखेट प्रयास तथा आखेटोपहार खरिद–बिक्रीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार उनीहरूविरुद्ध नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलवार १८:३२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।