काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट्न अब क्युआर मार्फत् नाम टिपाउनु पर्ने भएको छ। मन्त्रालय आउने सरोकारवाला, विशिष्ट व्यक्ति तथा सर्वसाधारणहरूका लागि अर्थमन्त्रालयले मन्त्रीसँग भेटघाटको नयाँ समय तालिका निर्धारण गरेका हुन् ।
सचिवालयले मन्त्रीको समय व्यवस्थापनलाई व्यवस्थित बनाउन यो कार्यविधि ल्याइएको जनाएको छ । नयाँ व्यवस्था अनुसार अब अर्थमन्त्रीसँगको भेटघाटका लागि हप्ताको तीन दिन मंगलबार, बुधबार र बिहीबार निर्धारण गरिएको छ । यी दिनमा अपराह्न ४ बजेदेखि ६ बजेसम्म मात्र भेटघाटको समय तय गरिएको बताइएको छ ।
सचिवालयले क्यूआर कोडको व्यवस्था गरेको छ । इच्छुक आगन्तुकहरूले उक्त क्यूआर कोड स्क्यान गरी भेटघाटको विषय खुलाउनुपर्ने र सचिवालयमार्फत अग्रिम समय तालिका निर्धारण गर्नुपर्ने बताइएको छ।




















प्रतिक्रिया