काठमाडौं । रुपन्देही प्रहरीले बुटवलबाट रिभल्वर र दुई राउन्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा बुटवल उपमहानगरपालिका–९ नयाँ बसपार्क क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका मकवानपुर बकैया गाउँपालिका–९ का २६ वर्षीय रोशन तुङलिङ मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा उनको साथबाट एक थान रिभल्वर र दुई राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका मगरविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।




















प्रतिक्रिया