Logo

समाचार

बुटवलमा रिभल्वर र दुई राउन्ड गोलीसहित युवक पक्राउ



काठमाडौं । रुपन्देही प्रहरीले बुटवलबाट रिभल्वर र दुई राउन्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा बुटवल उपमहानगरपालिका–९ नयाँ बसपार्क क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका मकवानपुर बकैया गाउँपालिका–९ का २६ वर्षीय रोशन तुङलिङ मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा उनको साथबाट एक थान रिभल्वर र दुई राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका मगरविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार २१:०६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।