काठमाडौं। साउन ७ — उपराष्ट्रपति रामसहायप्रसाद यादव इजिप्टको ७४औँ राष्ट्रिय दिवसका अवसरमा ललितपुरमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
कार्यक्रममा नेपालका लागि इजिप्टका राजदूत शरिफ एल दिवानीसहित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
समारोहमा राजदूत एल दिवानीले नेपाल–इजिप्टबीच करिब सात दशकदेखिको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध, शिक्षा, पर्यटन, व्यापार, लगानी र कृषि क्षेत्रमा विस्तार हुँदै गएको सहकार्यबारे चर्चा गरे।
उनले ‘इजिप्ट भिजन २०३०’ अन्तर्गत पूर्वाधार, ऊर्जा, स्वास्थ्य, शिक्षा तथा डिजिटल रूपान्तरणका क्षेत्रमा भइरहेको प्रगतिबारे पनि जानकारी दिएका छन्।




















प्रतिक्रिया