काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित एमबीएस प्रथम सत्रको प्रश्नपत्र लिक भएको छ । घटनापछि त्रिविको परीक्षा नियन्त्रण महाशाखाले छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको हाे । परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको हो।
साउन ८ गते सञ्चालन गरिएको ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको परीक्षासँग सम्बन्धित प्रश्नपत्र परीक्षा सुरु भएको करिब पाँच मिनेटभित्रै एउटा ह्वाट्सएप समूहमा साझा गरिएको दाबी गरिएको हो ।
‘परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र सार्वजनिक भई परीक्षाको मर्यादा र विश्वसनियतामा गम्भीर प्रश्न खडा भएको हुँदा यस व्यवस्थापन संकाय डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।




















प्रतिक्रिया