Logo

सुरक्षा/अपराध

जुवा खेलिरहेको अवस्थामा पक्राउ



दाङको राप्ती गाउँपालिका-२ लालमटियास्थित राप्ती फेम्ली रेष्टुरेण्टमा जुवा खेलिरहेको अवस्थामा प्युठान सरुमारानी गाउँपालिका-३ बस्ने ५० वर्षीय चुमान सिंह सुनार लगायत ७ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

तास खेलीरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४६ हजार रुपैयाँ र १० गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार १७:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।