Logo

खेलकुद

मेलबर्नद्वारा ब्रिसबेनलाई १६७ रनको लक्ष्य प्रस्तुत



नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध मेनबर्न स्टारले ब्रिसबेन हिटविरुद्ध १ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

१२ खेलबाट ६ मा जित र ६ मा हार ब्यहोरेको मेलबर्न चौथो स्थानमा छ । १३ खेलबाट ५ मा जित र ७ मा पराजित ब्रिसबेन छैटौं स्थानमा छ । आजको खेलमा जित निकाल्दै मेलवर्न प्लेअफ पुग्न चाहन्छ ।

४ खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने १३ औं खेलमार्फत् बिग बासमा फर्किएका छन् । चौथो खेलसम्म खेलेका सन्दीपले पहिलो खेलमा दुई, दोस्रो खेलमा तीन, तेस्रो खेलमा दुई र चौथो खेलमा एक विकेट गरी ८ विकेट लिएका थिए ।

चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरेका उनी तीन चरणका खेलसम्म सर्वाधिक विकेट लिने खेलाडीमा शीर्ष स्थानमा थिए । त्यसपछि बंगलादेश प्रिमिएर लिग खेल्न आएका उनी युएईविरुद्धको एकदिवसीय र ट्वान्टी–२० सिरिजपछि सन्दीप सिधैं अष्टे«लिया फर्किएका थिए ।

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  २ : १२ बजे