काठमाडौं । एमाले नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले निवेदनमाथि सुनुवाइ गर्नेछ ।
विशेष अदालतले पौडेललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमती दिएपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको थियो ।





















प्रतिक्रिया