Logo

अन्तर्राष्ट्रिय

इरानविरुद्ध आक्रमण रोकिएको राष्ट्रपति ट्रम्पको घोषणा



काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानविरुद्ध आक्रमण अस्थायी रूपमा रोकिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत शान्ति सम्झौतालाई अन्तिम रूप दिइएको दाबी पनि गरेका छन्।

ट्रम्पले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकासँग दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठुलो सैन्य शक्ति छ र इरानविरुद्ध कारबाही गर्न सक्षम छ। यद्यपि इरान र मध्यपूर्वका अन्य केही देशले आक्रमण रोक्न अनुरोध गरेका छन्, किनभने सम्झौताको ढाँचालाई अन्तिम रूप दिइएको छ।’

उनको दाबीअनुसार प्रस्तावित सम्झौतामा हर्मुज स्ट्रेटको तत्काल, पूर्ण र निर्बाध खुला गर्नुपर्नेछ। साथै इरानको आणविक खतरा अन्त्य गर्ने कुरा पनि समावेश हुनेछ।

ट्रम्पले भनेका छन्, ‘विश्वको भविष्य र इरानको स्थिरता र समृद्धिलाई ध्यानमा राख्दै हामीले आक्रमण रद्द गर्ने निर्णय गरेका छौँ।’ट्रम्पले यो निर्णयमा इजरायलले पनि समर्थन गर्ने दाबी गरेका छन्। ट्रुथ सोसल पोस्टमार्फत उनले सबै पक्षलाई सम्झौता चाँडै पूरा गर्न आग्रह पनि गरेका छन्।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार ०९:४१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।