Logo

अर्थ

१८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि ४५ रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ निर्धारण गरेको छ । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ४ हजार ३१५ रुपैयाँ तोकिएको छ । यो शुक्रबारको तुलनामा चाँदीको मूल्य तोलामा ४५ रुपैयाँको गिरावट हो ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार १०:५२   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।