Logo

समाचार

गोलबजारमा दिनभरका लागि खुकुलो बनाइयो कर्फ्यु



सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यु आदेश आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको विश्लेषणपछि आइतबार बिहान १०ः०० बजेदेखि राति ७ः०० बजेसम्म कर्फ्यु खुकुलो पारिएको हो ।

प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्यु थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने सम्बन्धमा पुनः सूचना जारी गरिने जनाएको छ ।

कर्फ्यु खुकुलो गरिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई आवश्यक सहजीकरण गरिने पनि सूचनामा उल्लेख छ ।

यस्तै, कर्फ्यु खुकुलो रहेको समयमा पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने भन्दै प्रशासनले सबैलाई उक्त व्यवस्था पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार ११:३५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।