Logo

समाचार

‘निम्स दाइ’को जन्मथलो अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा



काठमाडौं । नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जा तथा आरोहण टोलीका सदस्यहरूको दुःखद निधन भएको घटनाप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ले शोक बिदा घोषणा गरेको छ ।

आइतबार आज एक विज्ञप्ती जारी गर्दै अन्नपूर्ण गाउँपालिकाले यस घटनामा दिवंगत भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकको यस घडीमा एकताबद्ध हुन आग्रह गरेको छ । उनको असामयिक निधनले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाले पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रेड पिक हिमालमा आएको भीषण हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जा तथा उनको आरोहण टोलीका सदस्यहरूको दुःखद निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त समेत गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार ११:४५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।