Logo

पर्यटन

काठमाडौंपछि पोखरा विमानस्थलमा पनि १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने



काठमाडौं।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पिक एन्ड ड्रपका लागि आउने सवारीसाधनले अब १५ मिनेटसम्म निःशुल्क पार्किङ सुविधा पाउने भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निर्देशनपछि विमानस्थलले यो व्यवस्था लागू गरेको हो। यसअघि १० मिनेटसम्म पार्किङ गर्दा पनि दुईपाङ्ग्रेबाट १० रुपैयाँ र चारपाङ्ग्रेबाट २० रुपैयाँ शुल्क लिइँदै आएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थल पार्किङ शुल्क सहज बनाउन निर्देशन दिएपछि क्यानले मातहतका विमानस्थललाई आवश्यक व्यवस्था मिलाउन पत्राचार गरेको थियो।

दीर्घकालीन कार्यान्वयनको मोडालिटीबारे भने सम्बन्धित निकायसँग छलफल भइरहेको विमानस्थल प्रशासनले जनाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार १८:२७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।