सुनसरी। जिल्ला प्रशासन कार्यालय सुनसरीले चारवटा गाउँपालिका क्षेत्रमा आज साँझ ७ बजेदेखि फेरि निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्दारा जारी सूचनामा अहिले साँझ ७ बजेदेखि भोलि बिहान १० बजेसम्म देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरिसंह गाउँपालिका क्षेत्र पुरै निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
देवानगञ्जको कप्तानगञ्जमा आइतबार राति दुई पक्षीय झडप हिंसामा परिणत हुँदा दुई जनाको मृत्यु भएको थियो ।
त्यसपछि असहज परिस्थिती विहीबार मध्यराति सरकार र पीडित परिवारबिच सहमति भएसँगै शुक्रबार मृतकका परिवारले शव जिम्मा लिर सोही मध्यराति दाहसंस्कार गरेयता सुनसरीमा सहज हुँदै गएको छ ।




















प्रतिक्रिया