Logo

शिक्षा

केयू उपकुलपतिका १० उम्मेदवारको सूची सार्वजनिक



काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति नियुक्तिका लागि १० जना उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरिएको छ ।

छनोट तथा सिफारिस समितिले ३५ आवेदनमध्ये दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकाश नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सन्जेल, सुवोध शर्मा र हरिप्रसाद न्यौपानेलाई सर्टलिस्टमा समावेश गरेको हो ।

समितिले उम्मेदवारबारे २० साउनभित्र राय–सुझाव मागेको छ । त्यसपछि २२ साउनमा १५ मिनेटको प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन गरिनेछ ।

तीन महिनादेखि नेतृत्वविहीन रहेको काठमाडौं विश्वविद्यालयमा अब एक साताभित्र नयाँ उपकुलपति नियुक्त गर्ने तयारी सरकारले गरेको छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार १४:१६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।