काठमाडौँ । गैरकानुनी रूपमा थुनामा राखेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।
प्रसाईंपत्नी उमाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । उनको रिटमाथि मंगलबार पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । प्रसाईंलाई आइतबार राति पक्राउ गरिएको थियो । उनलाई जिल्ला प्रहरी परिसर, भक्तपुरको हिरासतमा राखिएको छ ।




















प्रतिक्रिया