Logo

राजनीति

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट



काठमाडौँ । गैरकानुनी रूपमा थुनामा राखेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।

प्रसाईंपत्नी उमाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । उनको रिटमाथि मंगलबार पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । प्रसाईंलाई आइतबार राति पक्राउ गरिएको थियो । उनलाई जिल्ला प्रहरी परिसर, भक्तपुरको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार १८:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।