काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार र उत्तरदायी इञ्जिनियरमा निर्भर रहने बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रले सोमबार आयोजना गरेको नवप्रवेशी इञ्जिनियरहरूको अभिमुखीकरण कार्यक्रममा उनले सरकारी सेवा राष्ट्र निर्माणमा योगदान गर्ने अवसर भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्न आग्रह गरे।
प्रत्येक प्राविधिक निर्णय र सुझावले नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले इञ्जिनियरहरूले व्यावसायिक दक्षतासँगै नैतिकता र इमानदारीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
उनले नयाँ पुस्ताका इञ्जिनियरबाट प्राविधिक दक्षतासँगै नवीन सोच, नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीको अपेक्षा रहेको पनि बताए।




















प्रतिक्रिया