काठमाडौं । नाडा अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्ने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
आयोजकका अनुसार एक्स्पोमा ५३ ब्रान्डको सहभागिता रहनेछ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा अटोसम्बन्धी उत्पादन सार्वजनिक गरिनेछ ।
यस वर्षको एक्स्पोलाई अघिल्ला संस्करणभन्दा अझ ठूलो र व्यवस्थित बनाइएको आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । आगन्तुकको सुविधालाई ध्यानमा राख्दै सहज आवतजावत, पर्याप्त पार्किङ, टिकटमा ५० प्रतिशतसम्म छुट, फुड कोर्ट तथा अटोमोबिलिटीसम्बन्धी लर्निङ सेसनको समेत व्यवस्था गरिएको छ ।
एक्स्पोमा विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधन, दुईपांग्रे, चारपांग्रे तथा अन्य अटोमोबाइल उत्पादनहरू प्रदर्शन गरिनेछन् । आयोजकले नयाँ प्रविधि र नवीन उत्पादनमार्फत नेपाली अटोमोबाइल बजारलाई थप गतिशील बनाउने अपेक्षा गरेको छ ।




















प्रतिक्रिया