काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २,६६३ को विन्दुमा कायम भएको छ ।
आज ५८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४० करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १६ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ११.६७ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया