Logo

समाचार

२५ लाख बराबरको भन्सार छलीको सामान बरामद



भद्रपुर। झापाको मेचीनगर नगरपालिका ७ को एक घरबाट प्रहरीले करिब २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाको संयुक्त टोलीले आज बिहान स्थानीय कोपिला तामाङको भान्छा घरमा खानतलासी गर्दा भारतबाट अवैध रुपमा भन्सार छली भण्डारण गरी राखिएका सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार तामाङको भान्छा घरबाट २० बोरा र १० कार्टुन सामान नियन्त्रणमा लिइएको हो।

उनका अनुसार विभिन्न प्रकारका कपडा, मोटरका पार्ट्स र इलेक्ट्रोनिक्स सामान गरी कूल २४ लाख ९९ हजार ८१० को सामान बरामद गरिएको छ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलवार २१:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।