Logo

अर्थ

लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजसम्म आवेदन पाइने



काठमाडौं । लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आज साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो ।

बैंकले ‘लक्ष्मी सनराइज डिबेन्चर २०९२’ निष्कासन गरेको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री खुला गरिएको छ । बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ ।

सर्वसाधारणलाई जारी गरिने कुल इकाइ ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्र १० वर्ष अवधिको हो। यसमा लगानीकर्ता वार्षिक रुपमा ७ प्रतिशत ब्याज पाउनेछन् । ऋणपत्रको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार १०:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।