काठमाडौं । दक्षिण कोरियाका राजदूत पार्क तइयोङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्ने कुरामा जोड दिएका छन् ।
मन्त्री खनालको सचिवालयका अनुसार दुई देश बीचको सम्बन्धका प्राथमिकतामा व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई राख्नुपर्ने उल्लेख गर्दै उनले लगानीका लागि विभिन्न क्षेत्रको पहिचान गर्नुपर्ने विषयमा कुराकानी भएको बताए ।
शिक्षा क्षेत्रमा अनुसन्धान संस्थाहरूबीच सहकार्य गर्नुपर्नेमा पनि मन्त्री खनालको जोड थियो । परराष्ट्रमन्त्री खनालले दक्षिण कोरियाले सञ्चालन गर्दै आएको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम दुई मुलुकबिचको सम्बन्धको नमुना रहेको बताए ।




















प्रतिक्रिया