Logo

अर्थ

एलजी र सिजी इलेक्ट्रोनिक्सद्वारा ‘एफेक्सनेट इन्टेलिजन्स’सहित २०२६ को नयाँ उत्पादन शृङ्खला सार्वजनिक



काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर र नेपालका लागि यसको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ‘एक्सपेरियन्स एआई: अफेक्सनेट इन्टेलिजेन्स’ थिमसहित सन् २०२६ का लागि नयाँ उत्पादन शृङ्खला सार्वजनिक गरेका छन् ।

घरायसी प्रविधिको भविष्यलाई मध्यनजर गर्दै एलजीले दैनिक जीवनलाई अझ सहज, व्यक्तिगत र स्मार्ट बनाउन आफ्नो एआई होम इकोसिस्टमलाई विस्तार गरेको हो ।

काठमाडौंको मीनभवनस्थित एलजी ब्राण्डसपमा आयोजित एक विशेष समारोहका बीच एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर, बंगलादेश शाखाका प्रमुख सुङ्गो चुनले यस प्रदर्शनीको उद्घाटन गरे ।

भदौ ४ गतेदेखि असोज १४ गतेसम्म चल्ने यस प्रदर्शनीमा एलजीका अत्याधुनिक एआई सञ्चालित टेलिभिजन, अडियो सिस्टम, वासिङ मेसिन र रेफ्रिजेरेटरहरू प्रदर्शनमा राखिएका छन् ।

यी नयाँ पुस्ताका उपकरणहरूले प्रयोगकर्ताको बानी बुझ्ने, दैनिक आवश्यकताको पूर्वानुमान गर्ने र घरायसी कामलाई सरल बनाउने क्षमता राख्दछन्, जसले गर्दा मानिसहरूले आफ्नो महत्वपूर्ण समय परिवारसँग बिताउन पाउनेछन् ।

एलजीको ‘अफेक्सनेट इन्टेलिजेन्स’ अवधारणामा आधारित २०२६ को एआई होम इकोसिस्टमले परम्परागत स्वचालित प्रविधिभन्दा माथि उठेर प्रयोगकर्ताको जीवनशैली अनुकूल आफूलाई ढाल्ने गर्दछ । यस अवसरमा बोल्दै सुङ्गो चुनले भने, ‘हामी विश्वास गर्छौं कि प्रविधि सहज र उपयोगी हुनुपर्छ। हाम्रो एआई होम इकोसिस्टमले घरायसी जिम्मेवारी कम गर्दै मानिसहरूलाई एक जोडिएको र अर्थपूर्ण अनुभव प्रदान गर्नेछ ।’

२०२६ को नयाँ लाइनअपका मुख्य विशेषताहरूमा एआई टिभी प्रमुख रहेको छ, जसले प्रयोगकर्ताको रुचिअनुसार चित्र र ध्वनिको सेटिङ आफैँ मिलाउँछ। त्यस्तै, एआई वासिङ मेसिनले कपडाको प्रकृति चिन्नुका साथै उपयुक्त धुने तरिका स्वतः छनोट गर्छ, जसले कपडाको सुरक्षा र ऊर्जाको बचत गर्दछ ।

भान्साको लागि ल्याइएको एआई रेफ्रिजेरेटरले प्रयोगकर्ताको बानी विश्लेषण गरी कुलिङ क्षमतालाई सन्तुलनमा राख्छ र खाद्य सामग्रीलाई लामो समयसम्म ताजा राख्न मद्दत गर्छ ।

यी सबै उपकरणहरूलाई एलजी थिङ्क एपमार्फत सजिलै नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ । सीजी इलेक्ट्रोनिक्स र एलजी बीचको चार दशक लामो साझेदारीले नेपालमा गुणस्तरीय र विश्वसनीय इलेक्ट्रोनिक्स सामानहरू उपलब्ध गराउँदै आएको छ । २०२६ का यी सबै नवीन उत्पादनहरू अहिले नेपालभरका प्रमुख बिक्री केन्द्रहरू र एलजी ब्राण्ड स्टोरहरूमा प्रदर्शनी तथा खरिदका लागि उपलब्ध छन् ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार १४:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।