Logo

राजनीति

ओली भेट्न गुण्डुमा मुख्यमन्त्री कार्की, संवाद जारी



काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा भइरहेको छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी सहभागी छन् ।

पछिल्ला केही दिनयता कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयलाई लिएर एमालेभित्र विवाद चर्किएको छ । अध्यक्षको निर्देशन भन्दै प्रदेश इन्चार्ज शेरधन राईले मुख्यमन्त्री कार्कीसँग राजीनामा मागेपछि विवाद थप तीव्र बनेको हो ।

छलफल जारी रहेकाले यसबारे औपचारिक निर्णय आउन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार १६:१२   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।