Logo

अर्थ

एनसेलको मनसुन अफर सार्वजनिक, प्याक वा नयाँ सिम खरिदमा २० प्रतिशतसम्म क्यासब्याक



काठमाडौं । एनसेलले प्रिपेड ग्राहकलाई लक्षित गर्दै मनसुन अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत योग्य प्याक एक्टिभेट गर्ने वा नयाँ प्रिपेड सिम खरिद गर्ने ग्राहकले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो सुविधाको लाभ लिन ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढी मूल्यको योग्य प्याक एक्टिभेट गर्नुपर्नेछ । प्याक एक्टिभेट भएपछि ग्राहकले रिवार्ड पुष्टि गर्ने एसएमएस प्राप्त गर्नेछन् र क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ । प्राप्त रिवार्ड २४ घण्टाभित्र दाबी गर्नुपर्ने तथा जारी भएको एक साताभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

एनसेलकाअनुसार प्रत्येक योग्य प्याक खरिदमा क्यासब्याक प्राप्त गर्न सकिनेछ । रिवार्ड नगदमा साट्न वा अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने मिल्ने छैन । तर, योग्य प्याक वा सिम खरिद गर्दा प्राप्त हुने रिवार्ड ग्राहकले जम्मा गरेर प्रयोग गर्न सक्नेछन् ।

अफरअनुसार ५० देखि ९९ रुपैयाँसम्मको प्याक खरिदमा ५ प्रतिशत, १०० देखि २०० रुपैयाँसम्मको प्याकमा १० प्रतिशत, २०१ देखि ४९९ रुपैयाँसम्मको प्याकमा १५ प्रतिशत तथा ५०० रुपैयाँ वा सोभन्दा माथिको प्याक एक्टिभेट गर्दा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए । उनका अनुसार प्रत्येक प्याक खरिदलाई अझ लाभदायी बनाउँदै ग्राहकलाई एनसेल एपमार्फत उपलब्ध विभिन्न सेवा र साझेदारका सुविधासँग जोड्ने लक्ष्य कम्पनीको रहेको छ ।

उनले एनसेल एपमार्फत हिमालयन जाभा, ट्रिप टर्बो, अल्टिमा लगायतका साझेदारबाट उपलब्ध हुने विभिन्न विशेष सुविधा तथा अफरको लाभ पनि ग्राहकले लिन सक्ने बताए ।

कम्पनीका अनुसार मनसुन अफर सीमित अवधिका लागि सञ्चालन हुनेछ र यो सुविधा एनसेलका प्रिपेड ग्राहकका लागि मात्र उपलब्ध रहनेछ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार १६:३५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।