Logo

समाचार

पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन



गण्डकी। मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगर १४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्क विहीन भएका छन्।

माछापुछ्रे गाउँपालिका ९ बादलडाँडा नजिकको जंगलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशंका गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ।

युवकहरुको मोबाइल बन्द रहेको माछापुछ्रे भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिए।

‘मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जंगलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजीकार्य भइरहेको छ,’ उनले भने।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार १८:३१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।