काठमाडौं। पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित तीन आरोहीको शव आधार शिविर ल्याइएको छ।
प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाका अनुसार उनीहरूको शव आधार शिविरमा ल्याइएको हो। जसमा निम्स दाइसँगै जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरिएको हो।
सांसद शेर्पाले कठिन उद्धारका लागि उद्धार टोलीप्रति आभार व्यक्त गरेका छन्। गत शुक्रबार पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी पुर्जासहित ६ नेपाली र ४ विदेशीको मृत्यु भएको थियो।




















प्रतिक्रिया