Logo

शिक्षा

सविन बने टप १६ ग्रान्ड मास्टर्स स्नूकरको च्याम्पियन



काठमाडौं । सविन तामाङले शनिबार प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप उपाधि जितेका छन् ।

नेपालकै पुरानो क्लबमध्येको एक काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सविनले रोहित क्षेत्रीलाई सजिलै ६–१ सेटमा पराजित गरे ।

वेस्ट अफ इलेभेनको फाइनल सविनले सजिलै ५९–३२, १–७०, ७३–५२, ५९–४१, ७४–२२ र ६८–१३, ६७–१७ ले जितेका हुन् । सविनले रोहितलाई हराएको यो तेस्रो पटक हो ।

यसैगरी रोहित लगातार दोस्रो पटक फाइनलमा पराजित भएका हुन् । पछिल्लो प्रतियोगता नेपाल मास्टर्स स्नूकर प्रतियोगितामा रोहित फाइनलमा सोम लामासँग पराजित भएका थिए ।

त्रिपुरेश्वरस्थित एनआरटीको आफ्नै भवनमा भएको प्रतियोगिता जितेपछि सविनले ट्रफीसहित एक लाख ११ हजार १११ रुपैंयाँ हात पारे । उपविजेता रोहितले ५१ हजार रुपैंयाँसहित ट्रफीमा सीमित भए ।

यसैगरी सेमीफाइनलिस्टद्वय वाङचू तामाङ र राजन गुरुङलाईलाई जनही २५ हजार रुपैंयाँसहित ट्रफी प्रदान गरियो ।

प्रमुख अतिथि केकेएम एनआरटीका संरक्षक समितिका सदस्य दुर्गा महर्जन, बागमती प्रदेश सभाका सदस्य दिपेन्द्र श्रेष्ठ, एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी, महासचिव सतिसकृष्ण श्रेष्ठ, प्रतियोगिता संयोजक राजेन्द्र शाक्य (माईला) र नेपाल बिलियार्ड स्नुकर र पुल संघका अध्यक्ष सरोज मुल्मीलगायतले विजेताहरुलाई ट्रफी तथा पुरस्कार प्रदान गरे ।

प्रतियोगता साउन १३ गते सुरु भएको हो ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आईतवार १८:५५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।