Logo

अर्थ

एनएमबि बैंकले नयाँ विद्युतीय सवारी साधनका लागि बेस रेट प्लस ०.५ प्रतिशतमा ’इभी अटो कर्जा’ दिने



काठमाडौं । एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधनका लागि आधार दर + ०.५% को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ । वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरेको हो ।

अत्यन्तै सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो सीमित अवधिको कर्जा सुविधा नयाँ ईभी खरिदकर्ताहरूका लागि उपलब्ध छ । इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टल नं ०५ वा देशभर रहेका एनएमबि बैंकका शाखाहरूमार्फत सजिलैसँग आवेदन दिन सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार ११:२६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।