काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा र व्यावसायिक आम्दानी दुवैमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वोत्तम सिमेन्टले १ अर्ब १० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो वर्षमा कम्पनीले १ अर्ब २ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ७.७० प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा कम्पनीले १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी गरेको छ । अघिल्लो वर्षमा कम्पनीको आम्दानी ९ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी ७.५६ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षमा कम्पनीको व्यापार खर्च ७ अर्ब ९३ करोड ५१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षमा कम्पनीको व्यापार खर्च ७ अर्ब ५२ करोड ७७ लाख रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार खर्च ५.४१ प्रतिशतले बढेको छ ।
चुक्तापुँजी ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २१.२० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९९.८२ रुपैयाँ रहेको छ ।















प्रतिक्रिया