काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक ८.८१ अंकले बढेर २,६५१ को विन्दुमा कायम भएको छ ।
आज १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब ७२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५.११ प्रतिशतका दरले गुमाएका हुन् ।















प्रतिक्रिया