Logo

अर्थ

अभिनेत्री वर्षा सिवाकोटीले नाइमा २०२६ मा गरिन् MG S6 बुकिङ



काठमाडौं । नेपाली अभिनेत्री वर्षा सिवाकोटीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा MG S6 बुकिङ गरेकी छन् । पारामाउण्ट मोटर्स अन्तर्गत रहेको हल बी, स्टल एल2 मा रहेको एमजीको स्टलमा पुगेर सवारीसाधनको अवलोकन गरेपछि उनले बुकिङ गरेकी हुन् ।

आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र प्रिमियम इलेक्ट्रिक मोबिलिटी बाट प्रभावित हुँदै सिवाकोटीले उक्त मोडल रोजेकी हुन् । बुकिङको अवसरमा MG SMIL का अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन प्रतिनिधि मुहम्मद फहाद दराईले उनलाई गाडीको साँचो हस्तान्तरण गरे ।

यसैबीच, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा MG ले MG U9 EV र MG HS HEV/PHEV गरी दुई नयाँ मोडलसमेत सार्वजनिक गरेको छ । नयाँ मोडलहरूको सार्वजनिकसँगै प्रदर्शनीमा MG का सवारीसाधनप्रति आगन्तुकहरूको आकर्षण थप बढेको छ ।

श्रावण २६ देखि ३१ गतेसम्म सञ्चालन हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ मोडलहरूको अवलोकन तथा विशेष अफरहरूको लाभ लिन चाहने ग्राहकलाई Hall B, Stall L2 मा रहेको MG को स्टलमा भ्रमण गर्न MG ले आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार १७:३७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।