Logo

अर्थ

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज सुनको तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला सुन ३ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ४ हजार ६६० रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार ११:३०   :  बजे

318
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।