काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई आगामी भदौ १ गते उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले जनआस्था पत्रिकाको कार्यालयबाट जफत गरिएका सामानसहित उपस्थित गराउन आदेश दिएको हो । पक्राउविरुद्ध उनकी श्रीमती सरस्वतीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो । साथै जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवास खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री समेत प्रहरीले जफत गरेको छ ।















प्रतिक्रिया